७ बैशाख २०८१, शुक्रबार

टोकियो ओलम्पिक २०२० सार्ने तयारी, क्यानडाले जापान ओलम्पिकमा भाग नलिने

tokyo 2020

जापानमा आगामी जुलाईमा तय भएको ओलम्पिक २०२० लाई कोरोना भाइरसको प्रकोपका कारण सार्ने तयारी गरिएको छ।

कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै क्यानडाले जापानमा हुने ओलम्पिकमा भाग नलिने घोषणा गरेको छ। क्यानडाले ओलम्पिकमा खेलाडी र टीम नपठाउने निर्णय गरेको हो। क्यानडाले कम्तीमा १ वर्षका लागि प्रतियोगिता सार्न सुझाव दिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जापानलाई ओलम्पिक पछि सार्न सुझाव दिएका थिए।

कुनै हालतमा प्रतियोगिता गराउने अडानमा रहेका जापानका प्रधानमन्त्री शिन्जो अबेले पहिलोपटक खेल स्थगित हुनसक्ने बताएका छन्। आज विहान संसदमा बोल्दै अबेले खेलहरु कोरोना भाइरसको महामारीका कारण सुरक्षित रुपमा गर्ननसक्ने अवस्था आएमा स्थगित गर्न सकिने बताए।

यससँगै ओलम्पिक खेलहरु जुलाई २४ बाटै सुरु नहुने सम्भावना बढेको छ। उनले यस्तो स्थितिमा खेल पछाडि सार्ने विकल्पमा छलफल भइरहेको पनि दाबी गरेका थिए। खेल नै रद्ध गर्ने उत्तम विकल्प नभएको भन्दै उनले पर सार्ने नै उत्तम उपाय हुने बताएका थिए।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले खेल स्थगित गर्ने सम्भावनासहित आकस्मिक योजनाहरू बनाइरहेको जानकारी दिएको केही घण्टापछि प्रधानमन्त्री अबेको उक्त बयान आएको हो। एजेन्सी