७ बैशाख २०८१, शुक्रबार

काठमाडौंको बाफलबाट १९ जुवाडे २ लाख नगदसहित पक्राउ

tas lekhdai

काठमाडौंको बाफलस्थित एक घरबाट १९ जना जुवाडेलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको छ ।

रिजु श्रेष्ठको दुई तले घरमा मानिस भेला भैएर जुवा खेलिरहेको सूचनापछि प्रहरी त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जुवा खालबाट प्रहरीले २ लाख ८६ हजार ६५ रुपैयाँ नगद, सात बुक तास, ३३ थान कौडा, १ सय २३ थान क्वीन बरामद गरेको परिसरले जनाएको छ।

    सम्बन्धित समाचार...