१७ मंसिर २०७८, शुक्रबार

पाकिस्तानमा बिहानै भूकम्प जाँदा २० जनाको निधन

pakistan

पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको निधन भएको छ।

स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प जाँदा २० जनाको निधन भएको हो ।

भूकम्पले केही घर भत्काउँदा एक बच्चा र ६ जना महिलासहित २० जनाको निधन भएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको हारनाई शहरमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ। केन्द्रबिन्दुदेखि १७० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो।