१४ बैशाख २०८१, शुक्रबार

स्पेन बाधक इटालीको ३७ खेलको अपराजित कीर्तिमानी यात्रामा

spin italy 66

युरो विजेता इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । बुधबार राति इटालीको रान सिरोमा भएको युइएफए नेसन्स लिगको सेमिफाइनल खेलमा भ्रमण टोली स्पेनले इटालीको नाममा रहेको विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रामा पूर्ण विराम लगाएको हो ।

इटालीको अपराजित यात्रामा म्यानचेष्टर सिटीको फेरान टोरेस बाधक बने । २१ वर्षीय टोरेसको दुई गोल गर्दा स्पेन २–१ ले विजयी भयो । इटालीका लोरेन्जो पेलेग्रिनीले गरेको गोल सान्त्वना ठहरियो ।

खेलको १७ मिनेटमा स्पेनले अग्रता बनायो । पहिलो हाफको थपिएको २ मिनेटमा टोरेसले पुनः गोल गर्दा पहिलो हाफमै २-० को अग्रता बन्यो । खेलको ८३ मिनेटमा इटालीका पेलेग्रिनीले गोल गर्दै दूरी घटाउने प्रयास गरेका थिए । यद्यपि त्यो सफल भएन ।

यसअघि पहिलो हाफको ४२ मिनेटमा इटालीका डिफेण्डर तथा कप्तान निओनार्दो बोनुची दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाड्न बाध्य भएका थिए ।

जितसँगै स्पेनले युरो कप सेमिफाइनल अन्तर्गत वेम्वलीमा भागेको हारको बदलासमेत लिएको छ । इटालीले आफ्नो घरेलु मैदानमा सन् १९९९ पछि पहिलो पटक हार ब्यहोरेको हो ।

फाइनलमा प्रवेश गरेको स्पेनले अब उपाधिका लागि बेल्जियम र फ्रान्सबीचको विजेतासँग १० अक्टोवरमा प्रतिस्पर्धा गर्नेछ । बेल्जियम र फ्रान्सबीचको खेल आज राति हुँदैछ ।