१२ बैशाख २०८१, बुधबार

बदनाम गर्न जालझेल भयो : मुख्यमन्त्री राउत

Lal Babu Raut

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेशको सिंहदरवारलाई बदनाम गर्न जालझेल गरेको टिप्पणी गरेका छन् ।

प्रदेश सभालाई समबोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई बदनाम हुने षडयन्त्र भएको बताए । मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्र्तगत साइकल बितरण कार्यक्रमलाई विवादित बनाउन राजनीति षडयन्त्र भएको उनले आरोप लगाए । प्रदेश सभाबाट पारित बजेट कार्यान्वयन मुख्यमन्त्रीले गर्ने होइन, राउतले भने,‘मुख्यमन्त्री र प्रदेश सरकारलाई जालझेल गरी बदनाम गरिएको छ । सरकार बिरुद्ध षडयन्त्र भएको छ ।’

मुख्यमन्त्री कार्यालयले प्रक्रिया पुरा गरी साइकल खरिद गरेको कागजात प्रदेश सांसदलाई देखाउदै मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर प्रदेश सरकारको गरिमा माथि प्रहार गरेको छ । अख्तियारको छापा संस्था माथिको आक्रमण हो, राउतले भने, ‘अख्तियारले पत्र नै नपठाइ छापा मारे । यो व्यवहार ठिक हो त ? प्रदेशको सिंहदरबारको अख्तियारले छापा मार्न मिल्छ तयार छु, मुख्यमन्त्री राउतले भने, ‘जालझेल गरी प्रदेश सरकारमाथि आक्रमण भयो ।

मुख्यमन्त्री कार्यालयमा आउदा समन्वय हुनु पथ्र्यो । कार्यालयमा अपनाएको प्रक्रिया सहि भएन ।’ कर्मचारीको असहयोग र जनशक्ति अभावका कारण प्रदेश सरकारको चर्चित अभियानहरु प्रभावित भएको राउतले आरोप लगाए । कर्मचारीबाट पाउनु पर्ने सहयोग नपाउनु र न्युन कर्मचारीका कारण सरकारलाई सिस्टम बसाल्न समस्या भएको छ, मुख्यमन्त्री राउतले भने,‘ मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान कर्मचारीकै असहयोगका कारण प्रभावित भएको छ ।’ अभियान अन्र्तगत प्रदेशमा जन्मिने छोरीहरुको विमा कार्यक्रम कर्मचारीकै कारण अबरुद्ध भएको राउतले आरोप लगाए ।

प्रदेश सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियानले अन्य प्रदेशलाई समेत पाठ सिकाएको बताउदै छोरी विमा प्राविधिक कारणले अगाडी बढन नसकेको बताए । छोरीको १ लाखको बाट सुरु भएको छोरी विमा कार्यक्रम तीन लाख पुगेको जानकारी गराउदै प्राविधिक कारणले अभियान रोकिएको बताए ।

साढे तीन वर्षमा प्रदेश सरकारले सीमित श्रोत साधनबाट उदाहरणीय काम र प्रदेशकालागि आवश्यक उत्कृष्ट कानुन बनाएको राउतले दावी गरे । आवश्यक ऐन कानुनको अभाव, सिमित श्रोत साधन, असीमित अपेक्षा भएको समयमा प्रदेश सरकारले समन्वय गर्नु चुनौतीपुर्ण, महत्वपुर्ण थियो, राउतले भने, ‘प्रदेश २ ले थालेको अभ्यास अनुकरणीय छ । प्रदेश सरकार सञ्चालन र सभा सञ्चान, स्थानीय तहमा कार्यक्रम गर्न आवश्यक ऐन कानुन बन्यो ।’ सात प्रदेशमा हिम्मत नगर्दा संघीय सरकारको असहयोगका बिच प्रदेश २ ले प्रदेश प्रहरी ऐन ल्याएको राउतले दावी गरे ।

ऐन बनाए पनि प्रहरी समायोजन गर्न संघिय सरकारबाट असहयोग भएको उनले बताए । प्रदेश सरकारले बनाएको निजमाती ऐनले निजमति सेवाको ढोका खोलेर युवाहरुका लागि रोजगारको अवसर ल्याएको बताए । दलितलाई सुरक्षित राख्न, अवसर दिन, शिक्षा र राशन कार्डको व्यवस्था भएको दलित सशक्तिकरण ऐन आफैमा अनुकरणीय र उदाहरणीय रहेको राउतले दावी गरे । प्रदेशमा सुशासनकालागि जनलोकपाल ऐन ल्याएको उनले बताए ।

प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राउतले समय लिएर अधिवेशनको शुभकामना दिंदै साढे तीन वर्ष सम्म सरकार सञ्चालन गर्न सहयोग गरेकाहरुलाई धन्यवाद दिए । प्रदेश सभाको सातौ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर सभामुख सरोज कुमार यादवले जानकारी गराएका थिए । प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सभामा प्राप्त छैठो अधिवेशन अन्त, सातौ अधिवेशन आव्हान, मन्त्रीपरिषद पुर्नगठन बारेको पत्र सभामुखले वाचन गरेका थिए ।