१३ बैशाख २०८१, बिहीबार

सस्तो पावरफुल विद्युतीय कार नेपाल आउदै, मूल्य र फिचर्स के के छन् ?

GX8EV1631584174

नेपालमा अहिले विद्युतीय गाडीको बजार निकै बढेको छ । विद्युतमा नेपाल आत्मनिर्भर बनेसँगै विद्युतीय गाडीको बजारले छलाङ मारेको छ । अहिले विभिन्न ब्राण्डका सबै किसिमका गाडी नेपाल भित्र्याउन होडबाजी चलेको छ ।

यसैक्रममा इभी नेपाल मोटर्सले नेपाली बजारमा नयाँ ब्राण्डको विद्युतीय गाडी ल्याउने भएको छ । कम्पनी साङडोङ गाय न्यू इनर्जी टेक्नलोजी कम्पनीले बनाएको जीबेन्ज एक्स ८ मोडलको विद्युतीय गाडी ल्याउने भएको हो ।

आकारमा केही सानो यो कारको लम्बाई ३४५० एमएम, चौडाई १५५० एमएम र उचाई १६३० एमएम रहेको छ । झट्ट हेर्दा माइक्रो एसयूभी जस्तो देखिने यो विद्युतीय कारमा २२६० एमएमको ह्वीलवेस रहेको छ । १७० एमएम ग्राउण्ड क्लियरेन्स भएको यो कारलाई एक पटकको फुल चार्जमा १५० देखि २०० किलोमिटरसम्म चलाउँन सकिन्छ ।

दशैं अगाडि नै नेपालमा विक्री सुरु गर्ने तयारी भइरहेको एक्स ८ विद्युतीय कार दुई भेरियन्टमा नेपाल आउने छ । यसको मूल्य २० देखि २५ लाख पर्ने अनुमान गरिएको छ ।

    सम्बन्धित समाचार...