१५ चैत्र २०८०, बिहीबार

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक आज

madhav

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर सङ्गठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो ।

नेकपा (एमाले) बाट अलग भइ हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय सङ्गठन निर्माण गरिरहेको छ ।