१५ चैत्र २०८०, बिहीबार

ब्रेकअप भएपछि प्रेमिकासँगको अश्लील भिडियो फेसबुकमा हाल्दा…

Arrest1631535222 1024x597 1

आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

प्रेमिकासँग विवाद भएपछि मोबाइलसमेत खोसी लिई फेसबुक, इन्स्ट्राग्राममा अश्लील फोटो, भिडियो पोस्ट गरेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले दोलखा बैतेश्वर गाँउपालिका ८ का २३ वर्षीय सुजन जिरेललाई पक्राउ गरेको हो । हाल उनी काठमाडौंको टोखा बस्दै आएका थिए ।

उनलाई काभ्रेको पाँचखालमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...