१५ चैत्र २०८०, बिहीबार

वैदेशिक रोजगार विभागले इजरायली भाषा परीक्षा आज लिँदै

baideshik

वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा आज लिँदैछ ।

भौतिक उपस्थितिमै दिउँसो १ बजे काठमाडौँ उपत्यकाका १६ केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । उनीहरूमध्येबाट आवेदन प्रमाणित भएका ७ हजार ९ जना परीक्षामा सहभागी हुँदैछन् ।

परीक्षाको नतिजा २ दिनभित्र प्रकाशन गरेर १० देखी १२ दिन भित्र अन्तर्वार्ता लिने र असोज दोस्रो हप्तासम्म योग्यता पुगेका १ हजार ४ सय कामदारको सूची तयार गरेर इजरायल सरकारलाई उपलब्ध गराउने विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले बताउनुभयो ।

पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष गरी एक हजार कामदार इजरायल जाने भए पनि योग्यता पुगेका १ हजार ४ सयको सूची इजरायल सरकारलाई उपलब्ध गराउनेछ ।

इजरायल सरकारले १ हजार कामदारछनोट गरेर विभागलाई उम्मेदवारको करारनामामा हस्ताक्षरसहित पठाउनेछ र विभागले सम्झौता गराई दूतावासमा पठाउनेछ ।

सम्झौता भएको ३० दिनभित्र श्रमिक इजरायल गइसक्नुपर्ने प्रावधान छ । इजरायल जान १ लाख ६५ हजार खर्च लाग्छ भने उनीहरुले मासिक १ हजार ६ सय डलर पारिश्रमिक पाउँछन् ।