१५ चैत्र २०८०, बिहीबार

ओली भने: सुदूरपश्चिमकाे इन्जार्ज भट्ट नै हुन्, मलाई अन्याय हुँदैछ : रावल

kp bhim
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताउनुभएकाे छ ।

आइतवार ओलीनिवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रुपमा काम गर्ने बताउनुभएकाे हाे।

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल, भट्टलाई जिम्मेवारी ताेकिएकाे थियो । रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा कर्ण थापालाई प्रदेशको अध्यक्षको हैसियतमा त्यो जिम्मेवारी तोकिएको ओलीले बताउनुभएकाे एमाले स्राेतले बताएकाे छ ।

छलफलमा रावलले भने आफू अन्यायमा परेको बताउनुभएकाे थियाे। ‘सबै ठाउँमा जेठ २ कार्यान्वयन भयो सुदूरपश्चिममा मात्रै किन नहुने ?’ भन्दै उहाँले भन्नुभयाे ‘ममाथि अन्याय हुँदैछ । ’