१२ बैशाख २०८१, बुधबार

चितवनमा भेटियो मानव कंकाल

Manab Kankal

चितवनमा मानव कंकाल फेला परेको छ ।

भरतपुर महानगरपालिका–६ स्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक बन भित्र शनिबार दिउँसो जंगली जनावरले खाएको जस्तो देखिएको मानब कंकाल (खप्पर केही हड्डी) फेला परेको चितवन प्रहरीले जनाएको छ ।

सोही ठाउँमा हाफ कट्टु, ढाका टोपी र चप्पल फेला परेको छ । सोही आधारमा आफन्तले भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर स्थित ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्कीका अन्दाजी ५५ वर्षीय बसन्तमणी सुबेदीको रहेको सनाखत गरेको छ ।

सुवेदी भदौ २१ गते सामुदायिक बनमा निउरो टिप्न भनि निस्किएको र बेपत्ता भएको भन्दै २४ गते आफन्तले प्रहरीलाई खबर गरेको थियो । सोही अनुसार खोजी हुँदा आज सुवेदीको कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।