१५ चैत्र २०८०, बिहीबार

विरोधका बीच प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

Capture1631097340

प्रतिनिधिसभाको आजको तेस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ पेश गर्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त अध्यादेश पेश गर्न समय दिनुभएको थियो ।

प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अवरोध सुरु गरेपछि यसअघिका दुई बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो ।

सभाको अर्काे बैठक यही भदौ २५ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।