१८ बैशाख २०८१, मंगलवार

एमसीसी मुलुकको हितमा नरहेको एमालेको निष्कर्ष, तत्काल कुनै धारणा नबनाउने निर्णय

uml1631090271

नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्‍कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जवाफमा अध्यक्ष ओलीले एमालेले एमसीसीबारे तत्काल कुनै धारणा नबनाउने बताउनुभएको हो । दलका नेता समेत रहनुभएका ओलीले एमसीसीबारे बुद्धिजिवी र दलहरुको मत सुन्ने र डकुमेन्टहरु पनि अध्ययन गर्ने बताउनुभयो । ओलीले भने, ‘पास गर्ने जिम्मा पनि हाम्रो होइन, सम्झौता हामीले गरेको पनि होइन । प्रस्ताव आयो भने गम्भीरतापूर्वक छलफल गर्छौँ र धारणा बनाउँछौँ ।’

उहाँले देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुने बताउँदै त्यसविरुद्ध नजाने बताउनुभयो ।