१४ बैशाख २०८१, शुक्रबार

कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एस) मा सनाखत गरे

madhav

नेकपा एमाले विभाजनपछि कञ्चनपुरका स्थानीय तहका ५१ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेको छन् । मङ्गलवार सनाखतको अन्तिम दिनसम्ममा ५१ जनप्रतिनिधिले समाजवादी रोजेका हुन् ।

निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार एक जना नगर प्रमुखसहित ११ वडाध्यक्ष र ३९ जना सदस्यले समाजवादी पार्टीमा सनाखत गरेका छन् । अध्यक्ष माधव कुमार नेपालको समाजवादीमा पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले मात्रै सनाखत गरेका छन् ।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटा स्थानीय तहमा प्रमुख र ७ वटा स्थानीय तहमा उपप्रमुख जितेको थियो । तीमध्ये अधिकांश प्रमुख र उपप्रमुख नेकपा एमालेको फुटको विपक्षमा उभिएका छन् ।

तीन जनाद्वारा सनाखत फिर्ताका लागि निवेदन

नेकपा समाजवादी पार्टीमा सनाखत गरेका तीन जनप्रतिनिधिले सनाखत फिर्ता लिएका छन् ।

कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष सुरेन्द्र चौधरी, ९ का वडाध्यक्ष छत्र बहादुर महरा र वडा सदस्य हजर सिंह कुँवरले सनाखत फिर्ता लिन आयोगमा निवेदन दिएको छन् ।

मङ्गलवार जिल्ला निर्वाचन कञ्चनपुरमा पुगेर उनीहरूले सनाखत फिर्ता लिँदै मूल पार्टीमै फर्केका छन् । आयोगले उनीहरूको सनाखत फिर्तालाई मान्यता दिएमा जिल्लामा समाजवादी रोज्ने स्थानीय तहका जनप्रतिनिधिको सङ्ख्या ४८ पुग्नेछ ।