
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।
मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित हुन् निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संसद बैठकमा अनिवार्य रुपमा उपस्थित भई पार्टीका सांसदहरुलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको पार्टी संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
बैठकमा सांसदहरुले सत्तारुढ दलहरूसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
यस्तै प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेका थिए ।
काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधीन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ ।