१७ मंसिर २०७८, शुक्रबार

मन्त्रिपरिषद विस्तारको तयारी बागमती प्रदेशमा, नौं जना मन्त्री थपिँदै

bagmati
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारमिा मुख्यमन्त्री शाक्य रहेको स्रोतको भनाइ छ । पाँच मन्त्री र चार राज्यमन्त्रीको सपथ भोलि गराउने तयारी छ ।

मन्त्रीहरुको नाम टुंगो लगाइसकेको भएपनि सबैको नाम प्राप्त भएको छैन ।

स्रोतका अनुसार, सिन्धुलीका प्रदीप कटुवाललाई सम्भवत पर्यटनमन्त्री बनाउने तयारी छ । त्यस्तै, रामेछापका शान्तराम पौडेल र चितवनका विजय पौडेललाई मन्त्री बनाउने तयारी छ ।

त्यसैगरी, भूगोल र लैंगिक सन्तुलन मिलाउने गरी मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री रहेको स्रोतको भनाइ छ ।