१३ बैशाख २०८१, बिहीबार

सकारात्मक जवाफ अमेरिकाबाट नआए एमसीसी पास हुँदैन :प्रचण्ड

Prachanda 2
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाबाट सकारात्मक जवाफ नआए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने घोषणा गरेका छन् ।

‘अमेरिका सकारात्मक नभए एमसीसी पास हुँदैन,’ सत्ता साझेदार दोस्रो ठूलो दलका अध्यक्षसमेत रहेका प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘हामीले यसबारे अमेरिकालाई कूटनीतिक नोट पठाएका छौँ । यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुने कुरा हुँदैन ।’

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कुटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने बताएको वाईसीएलका केन्द्रीय सदस्य नवीन खड्काले नेपाल प्रेसलाई जानकारी दिए।

सरकारले हालै एमसीसीबारे उठेका विभिन्न ११ प्रश्न समावेश गरेर एमसीसीलाई पत्र पठाएको थियो । त्यसको स्पष्ट जवाफ आएपछि एमसीसी अगाडि बढाउने तयारी सरकारको छ ।