१४ बैशाख २०८१, शुक्रबार

अपडेट संखुवासभा हत्याकाण्ड: अनुसन्धान सुरु

61363d69b0c74 7

सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो ।

सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

दाहालको नेतृत्वमा टोलीमा रिजनल इन्भेस्टिकेसन टिम र तालिम प्राप्त ट्रयाकर डग पिकु र लैलालाई पनि लगेको छ । आजै घटनास्थलको अनुसन्धान सकेर शव उठाउने तयारी प्रहरीको छ ।

सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

1 1