७ बैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवसहित पूर्व माओवादी नेताहरुबीच पार्टी एकताबारे छलफल भैरहेको छ : पुष्पकमल दाहाल

Prachanda 2
सांकेतिक तस्विर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पृष्पकमल दाहालले राष्ट्रिय हित र परिवर्तनका लागि नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच एकताका पक्षमा छलफल हुनुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै अध्यक्ष दाहालले बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द र उपेन्द्र यादवसँग पार्टी एकताका लागि सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

माओवादी केन्द्रले देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने उहाँको भनाइ थियो ।