१२ बैशाख २०८१, बुधबार

अर्थमन्त्रीले गभर्नरलाई भने–शेयर बजारमा असर गर्ने नीति नबनाउनू

Janardan Sharma Artha mantr 2
फाइल फोटो

शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । सोही विषयलाई लिएर लगानी कर्ताहरुले गभर्नर अधिकारीको राजीनामासमेत मागेका छन् ।

अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई शेयर लगानीकर्ताको मनोबल घट्ने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे।का थिए । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन् ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएकी दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ ।

आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ ।