१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमः थप तीन प्रदेश सभा सदस्यद्वारा एकीकृत समाजवादीको पक्षमा सनाखत

supa 05 20

सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी एमालेका थप तीन जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्नुभएको छ ।

आज धनगढी स्थित क्षेत्रिय निर्वाचन कार्यालय पुगेर भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, प्रदेश सभा सदस्यद्वय तारा लामा तामाङ र प्रकाश रावलले नेकपा (एस) का पक्षमा सनाखत गर्नुभएको हो । सनाखत गर्नेमध्ये लामा एमालेका पूर्व प्रमुख सचेतक र रावल पूर्व राज्य मन्त्री हुनुहुन्छ ।

यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीसहित एमालेका १० जना प्रदेश सभा सदस्यले नेकपा (एस) को पक्षमा सनाखत गर्नुभएको थियो । योसँगै सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एसको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यको सङ्ख्या १३ पुगेको छ ।