१३ बैशाख २०८१, बिहीबार

देउवालाई महेश बस्नेतको जबाफ, ‘थापालाई हराउने जिम्मा म लिन्छु’

mahesh basnet youth force address
फाइल फोटो

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभामका सांसद महेश बस्नेतले नेपाली काँग्रेस भक्तपुरको सभापति दुर्लभ थापालाई चुनावमा हराउने जिम्मा लिने बताएका छन् । आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले सूर्यविनायक नगरपालिकामा आयोजित कार्यक्रममा थापालाई हराएर देखाउन बस्नेतलाई चुनौति दिएका थिए ।

देउवाले चुनौति दिएको केही समयपछि एमालेको सूर्यविनायक नगरपालिकामा आयोजित नगरस्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले बस्नेतले आफूले थापालाई हराउने जिम्मा लिने बताएको हो । उनले भने, प्रधानमन्त्रीजीले दुर्लभलाई हराएर देदाउन भन्नुभएछ, त्यसको जिम्मा म लिन्छु । भक्तपुरमा कांग्रेस हाम्रो प्रतिवन्दी पार्टी हैन ।’