१५ बैशाख २०८१, शनिबार

महेश बस्नेतलाई देउवाले भने ‘बस्नेतजी मलाई हैन, दुर्लभ थापालाई हराएर देखाउनुस्’

sherbadhur deuba
फाइल फोटो

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसको उपस्थिती बलियो हुने बताएका छन् । उनले आज भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन शुभारम्भ कार्यक्रमा आमागी निवार्चनमा काँग्रेस बलियो हुने बताएको हो ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतको निवार्चन क्षेत्र पुगेर वडा अधिवेशन शुभारम्भ गरेको देउवाले बस्नेतलाई चुनौति पनि दिएका छन् । केही अघि बस्नेतले देउवासँग आफूलाई चुनाव लडाए आफूले जित्ने दाबी गरेको प्रति लक्षित गर्दै उनले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनावमा हराएर देखाउन बस्नेतलाई चुनौति दिए ।

बस्नेतले भदौको पहिलो साता भक्तपुरमा कांग्रेस सभापति देउवालाई उठाए आफूले सहजै विजय हासिल गर्ने बताएका थिए । बस्नेतले आगामी निर्वाचनपछि भक्तपुरमा कांग्रेसलाई खोज्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । तर, बस्नेतकै निर्वाचन क्षेत्रमा पुगेर देउवाले आफूसँग नभै आफ्नो जिल्ला सभापति थापासँग चुनाव जितेर देखाउन चूनौति दिएका छन् । उनले भने,‘बस्नेत जीले मलाई होइन, भक्तपुरको पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराए देखाउनुस् ।’