१३ बैशाख २०८१, बिहीबार

सरकारलाई भीम रावलको प्रश्न : नेपालको हवाई क्षेत्रमा भारतीय हेलिकोप्टर निरन्तर उडेको थाहा छ कि छैन ?

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

कपा (एमाले)का उपाध्यक्ष भीम रावलले भारतीय हेलिकोप्टर निरन्तर नेपाली आकाशमा उडिरहेको विषयमा सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन्,“दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकोप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन ?

उनले अनुमति दिएको हो भने के प्रयोजनका लागि दिएको हो भन्दै सरकारलाई प्रश्न पनि गरेका छन् । “गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा, पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो ?,” उनले भनेका छन् ।

केहीदिनयता दार्चुलाको नेपाली भू–भागमा निरन्तर भारतीय हेलिकोप्टर उडिरहेको छ । यस विषयमा जिल्ला प्रशासन कार्यालयले दार्चुलाले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ । तर, अहिलेसम्म यस विषयमा आधिकारिक धारण सरकारले सार्वजनिक गरिसकेको छैन ।