१२ बैशाख २०८१, बुधबार

खस्कियो नेपाल टी ट्वान्टीको विश्व वरीयतामा

nepali cricket
फाइल फोटो

नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा एक स्थान तल खस्केको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले बिहीबार जारी गरेको नयाँ वरीयतामा नेपाल र जिम्बाबवेलाई उछिन्दै आयरल्याण्ड ११ औं स्थानमा पुगेको छ । यसअघि आयरल्याण्ड १३ औं स्थानमा रहेको थियो ।

आईसीसीको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा पुगेको छ । जिम्बाबवे १२ औं स्थानमा छ । नेपाल यसअघि १२ औं स्थानमा रहेको थियो । गत् मई महिनामा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला जितेपछि नेपालको वरीयतामा सुधार हुँदै १२ औं स्थानसम्म उक्लेको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छैन् ।

आयरल्याण्डले जिम्बाबवे विरुद्धको श्रृखंला जित्दा उसको वरीयता सुधार भएको हो । नयाँ वरीयतामा इंग्ल्याण्ड शीर्ष स्थानमा छ । भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । न्युजिल्याण्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैठौं स्थानमा झरेको छ ।

अष्ट्रेलियाले हराएको बङ्गलादेश भने सातौं स्थानमा छ । बङ्गलादेशले हाल न्युजिल्याण्डलाई आयोजना गर्दैछ । पहिलो टी ट्वान्टी खेल जितेर इतिहास बनाएको बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको पाँच खेलको श्रृखंला जिते अष्ट्र्ेलिया र न्युजिल्याण्डलाई पहिलो पटक विश्व वरीयतामा उछिन्नेछ ।

नेपालको हाल १८७ रेटिंग्स पाएको छ । नेपालभन्दा माथि रहेको जिम्बाबवेको १८८ र आयरल्याण्डको १९२ रेटिंग्स छ ।