१३ बैशाख २०८१, बिहीबार

रामकुमारी झांक्रीदेखि किसान श्रेष्ठसम्म नेकपा समाजवादीका सम्भावित मन्त्री !

mantriess 20210901095743 1024x473 1

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ ।

एक राज्यमन्त्री सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन् । समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको छ । यद्यपि आकांक्षीहरु बढेपछि अन्तिम निर्णय गर्न बाँकी रहेको ती नेताले बताए ।

मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । ती नेताले भने ६ जनाको नाममा लगभग सहमति भएको छ । अब निर्णय गर्न बाँकी छ ।