७ बैशाख २०८१, शुक्रबार

कसैले चुँसम्म बाेल्दैन: माधव नेपाल

madhav 1
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भदाै २२ सम्म मन्त्रिमण्डल विस्तार नहुने सङ्केत गर्नुभएकाे छ । बिहीबार नेकपा (एस) को संसदीय दलको नेताको रुपमा पहिलो पटक पदभार सम्हाल्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै उहाँले साे कुरा बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, भदाै २२ गतेसम्म यस विषयमा कसैले चुँ पनि गर्दैन ।

साे अवसरमा नेता नेपालले आफू नेतृत्वको पार्टीमा आउन पार्टीपङ्क्तिमा आव्हान गर्नुभएको छ । अध्यक्ष नेपालले नेकपा एमालेकाे एकताका लागि गरिएको दसबुँदे सहमतिपत्रको भ्रममा कोही पनि नपर्न प्रदेशसभा सदस्य, जनप्रतिनिधि लगायत सिङ्गो पार्टी पङ्क्तिमा आव्हान गर्नुभएको हो ।

साउन २७ गते राति १० बजे दसबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने कारण के थियो र नेपालले प्रश्न गर्नुभयो । आफूहरुले केपी ओली प्रवृत्तिका विरुद्ध २०७७ चैत ४ र ५ गते राष्ट्रिय सम्मेलन गरेर विद्रोहको पहिलोपटक शङ्खघोष गरिएको पनि उहाँले बताउनुभयो । नेपाल नेतृत्वको नेकपा (एस)ले आगामी दिनमा नयाँ क्रान्तिकारी कम्युनिस्ट शक्तिको रुपमा स्थापित हुँदै जाने दाबी गर्दै आएको छ ।