१५ बैशाख २०८१, शनिबार

टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन, अन्तिम ‘पोस्ट’ भाइरल

sidhartha LiA1iM41fA

बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन भएको छ । बिग बोस-१३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनको ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो ।

उनले टेलिशृंखला ‘बबुलका आगन छुटे ना’, ‘जाने पेहेचाने से ये अजनवी’, ‘लभ यु जिन्दगी’मा अभिनय गरेका थिए । तर ‘बालिका बधु’बाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस-१३ बाहेक उनी ‘झलक दिखलाजा-६’, ‘फियर फ्याक्टर : ‘खत्रोंका खिलाडी ७’मा पनि सहभागी भएका थिए ।

उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए ।

उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद । तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ । #MumbaiDiariesOnPrime यी सुपरहिरोका लागि सेतो टोपी, नर्सिङ स्टाफ र उनीहरुको अतुलनीय बलिदानका लागि एक श्रद्धाञ्जली । २५ अगस्ट ट्रेलर आउट #TheHeroesWeOwe.’

https://www.instagram.com/p/CS8nUTEijiP/?utm_source=ig_web_copy_link