८ बैशाख २०८१, शनिबार

नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेको बागमतीको मुख्यमन्त्रीमा दाबी

rajendra pande

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले उमेदवारी दिने हुनुभएको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि मुख्यमन्त्रीमा एकीकृत समाजवादीबा पाण्डे उम्मेदवार हुन लाग्नुभएको हो । 

सरकार जोगाउने कुनै बाटो नभएको भन्दै राजेन्द्र पाण्डेले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभयो ।

राजेन्द्र पाण्डेले भन्नुभयो, ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं । त्यो दिनदेखि सरकार अल्पमतमा पर्यो । मुख्यमन्त्रीको उम्मेदवार बन्न पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’