१५ बैशाख २०८१, शनिबार

कोरोना भाइरस सम्बन्धि पहिलो सचेतनामुलक गीत सार्वजनिक

Launa Aayo k Aayo

पछिल्लो समय चिनबाट माहामारिको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि उच्च जोखिममा रहेको कुरा विश्व स्वास्थ्य सँगठनले बताएका छन र नेपालमा पनि त्रास फैलिरहेको छ । भने यसबाट सर्तकता अपनाउन नेपाल सरकारले देशका रहेका फिल्म हल लगायत अन्य मान्छेको चाप बढि रहने हलहरु बैशाख १८ सम्मलाइ बन्द गराइसकेको छ ।

त्यसैगरि एकै ठाउमा २५ जनाभन्दा बढि भेला नहुन समेत निर्देशन दिएका छन । र यसै समयमा कोरोना भाइरसको बिषयलाइ समेटेर एक सन्देशमुलक गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक लौन आयो है के आयो बोलको गितमा ध्रुब बिश्वको स्वर अम्बिका गुरुङको शब्द तथा दिपक शर्माको सँगित रहेको छ ।

कोरोना भाइरसको त्रासमा रहेको जन समुदायलाई सचेतना फैलाउने उदेश्यले तयार पारिएको यस गीतको भिडियोमा राज खडका र सुरज अधिकारिले अभिनय गरेका छन । उनिहरु गन्धर्ब भेसमा गाउगाउमा पुगेर साराङ्गी रेटदै गीत गाइरहेको देख्न सकिन्छ ।

यस भिडियोलाइ बिजय लामाले खिचेका हुन भने बिष्णु खडकाले सम्पादन गरेका हुन । काभ्रेको भकुण्डेबेशिमा छायाँकन गरिएको भिडियोलाइ कलाकार राज खडकाले नै निर्देशन गरेका हुन ।

    सम्बन्धित समाचार...