७ बैशाख २०८१, शुक्रबार

मेनुका र युवराजको अभिनयमा ‘देवतालाई भाकी’ सार्वजनिक

Debata Lai Bhaki

युवराज चौलागाईको नयाँ गीत ‘देवतालाई भाकी’ सार्वजनिक भएको छ । प्रस्तुत गीतमा कौशीला खनाल कम्राचार्यको शब्द तथा युवराज चौलागाइकै संगीत रहेको छ । उदयराज पौडेलको एरेन्ज रहेको गीतमा श्यामस्वेत रसाईलीको मिक्सिङ गरेका छन् ।

भुषण दाहालको निर्देशन रहेको गीतमा जीवन रिजालको छाँयाकन र भरत रेग्मीको सम्पादन रहेको छ । गीतमा युवराज चौलागाइको साथमा मेनुका प्रधानको अभिनय रहेको छ ।

    सम्बन्धित समाचार...