१३ बैशाख २०८१, बिहीबार

मलाई कार्यकारी पद माग गर्ने नैतिक अधिकार छैन, म ७० वर्ष पुगेँ : वरिष्ठ नेता खनाल

jhala

नेकपा एकीकृत समाजवादीका संस्थापक नेता झलनाथ खनालले आफू ७० वर्ष पार गरिसकेकाले पार्टीमा कुनैपिन कार्यकारी पदको दाबी नगर्ने बताउनुभएकाे छ ।

स्वास्थ्योपाचारपछि आज स्वदेश फर्किनुभएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफैले ७० वर्षको मापदण्ड ल्याएकाले त्यसको पालना पूर्ण रूपले पालना गर्दै कार्यकारी पद दाबी नगर्ने बताउनुभएकाे हाे ।

‘मलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार छैन ।’ तर, पार्टीले जिम्मेवारी दिएमा ठाउँ राखेको उहाँकाे भनाइ छ।

खनालले भन्नुभयाे, ‘पार्टीले के दिन्छ र गर भन्छ जे जिम्मेवारी दिन्छ ठाउँ राखेको छु । आफूले नवौं महाधिवेशन आयोजना गर्दा नेकपा एमालेको अध्यक्षका रुपमा विधानमै ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पद र नेतृत्वमा नरहने मापदण्ड पारित गराएको थिएँ। विधानमा मापदण्ड पास गर्ने मुख्य नेता आफै भएकाले म त्यो मापदण्ड दृढतापूर्वक पालना गरेर जान्छु ।’

12555535411
12555968212