११ बैशाख २०८१, मंगलवार

(विज्ञप्तिसहित) काठमाडौंमा भदौ १५ गते मंगलवारदेखि स्कूलहरु खुल्ने

school 780x470 1

काठमाडौंका केही नगरपालिकाहरुले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।

जिल्लाको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खुल्न दिने निर्णय गरेको छ । शुक्रवार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाले आइतवार विज्ञप्ति जारीमा उल्लेख छ । 

सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु पालना गरि मंगलवारदेखि विद्यालयहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ । तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा त्यस्ता विद्यालयहरुमाथि कारवाही हुने चेतावनी पनि नगरपालिकाले दिएको छ । 

त्यसैगरि धनुषाको मिथिला नगरपालिका, उदयपुरको कटहरी गाउँपालिका लगायतले पनि आफू मातहातका विद्यालयहरुलाई भौतिक रुपमै कक्षा सञ्चालन गर्न दिने निर्णय गरेका छन् । 

145214616Gokarna