१४ बैशाख २०८१, शुक्रबार

यस वर्षकै उच्च वहाव सप्तकोशीमा, ३५ वटा ढोका खोलिए

saptakoshi badhi ehulaki

सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ ।

केही दिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आइतवार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनमा सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको छ ।

नदीको बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन । यसअघि साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ ।

निरन्तरको वर्षासँगै कोशीको वहावमा निकै नै उतारचढाव देखिदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । यसबाट टापु आसपासका बस्ती समेत जोखिममा परेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको जानकारी दिनुभयो ।