१३ बैशाख २०८१, बिहीबार

बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति

butwal pahiro 69

बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ।

चुरे पहाडबाट खसेको पहिरोले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ को ज्योतिनगरमा क्षति पुर्‍याएको हो । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेकाले मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याएर सवारी आवागमन अवरुद्ध भएको छ । त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ ।

पहिरो गएपछि स्थानीयबासिन्दाले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । पहिरोको जोखिममा रहेका ठाउँका बासिन्दालाई पनि अन्यत्र सार्ने तयारी भइरहेको छ ।

यो ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।