७ बैशाख २०८१, शुक्रबार

एकै दिन थप एक हजार ३८८ जनामा कोरोना संक्रमण, २४ जनाको निधन

corona insurance

नेपालमा थप २२६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ३१२, ललितपुरमा ११४ र भक्तपुरमा ५२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यस्तै, पछिल्लो २४ घण्टामा २४ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।