७ बैशाख २०८१, शुक्रबार

हेर्नुहोस्- यो साताको तपाईको साप्ताहिक राशिफल

Horoscope

मेष–यो साता लामो समयदेखिका बाधाहरू स्वतः फुकुवा हुनेछन् । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष–साताको सुरुवाती दिनमा अपजस मिल्नसक्ने भएकाले सजग रहनुपर्ला । नियमित खर्चसमेत बढ्ने योग छ र शिक्षामा वाधा आउनेछ । मङ्गलबारबाट रमाइलो यात्राको योग रहेको छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । भक्ति र आस्था पनि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मिथुन–यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने र मन प्रसन्न रहनेछ । फलदायी यात्रा र शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट–यो साता आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक, सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्णहुन सकिनेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग सेतो वा बैजनी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्ण भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

सिंह–यो साता अधुरा कामहरू पुरा हुनसक्छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या–यो हप्ताको सुरुका दिनमा नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । काममा सानातिना बाधा आउने र काम रोकिनेछ । स्वास्थ्य समस्याले पनि पिरोल्न सक्छ । साताको मध्यबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यु रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक–यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखी पूर्ण बोलीले कार्य सम्पादन हुनसक्छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको धन हाता पर्न सक्छ र सुखद् यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग सेतो वा निलो हो । कुन शुभकर्म गर्नु पूर्व माता बगलामुखीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।

तुला–यो साता नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानीले राम्रै प्रतिफल दिनेछ । प्रेम मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु–यो साता वाहन लाभको योग छ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्राविधिक र स्वास्थ्य विषयमा सफल हुन सकिनेछ । बन्दव्यापारको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । स्वास्थ्य प्रति सजगता पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग बैजनी वा पहेँलो हो। कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर–यो साता सुरुको दिनमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्नेछ । सोमबार बाट भने लाभदायक र खुसीको यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । झन्झटिलो कार्यमा समय खेरा जानसक्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

कुम्भ–यो साता कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । शेयर बजार र वाहनबाट लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । शेयर बजारको लगानी पनि कमजोर रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि महाकालीजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मिन–यो साता धार्मिक, सांस्कृतिक र शुभ कार्यमा सरिक हुने सम्भावना छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । आफन्त सँग रमणीय र सुखद् यात्राको योग छ । मध्य स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन, पूजा वा स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।