१४ बैशाख २०८१, शुक्रबार

कम्युनिष्ट फुटे भन्दै काँग्रेस नेता उत्साहित

shashank koirala

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट कमजोर भएको उल्लेख गर्दै आउने चुनावमा आफूहरुको बहुमत आउने दाबी गरेका छन् । दाङको घोराहीमा शनिबार सन्चारकर्मीसँगको कुराकानीमा उनले एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो ।

कम्युनिष्ट फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न उनले सबै नेता, कार्यकर्तामा आह्वान पनि गरे । पार्टीको निर्वाचनलाई हार र जितको बिषय बनाउन नहुने भन्दै उनले पार्टीलाई बलियो र एकताबद्ध बनाएर आउने निर्बाचनमा पहिलो पार्टी बनाउनुपर्ने बताए ।

पार्टीको निर्वाचन नै अन्तिम नभएको भन्दै उनले आउने आम निर्बाचन कांग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरोरुपमा उत्रनुपर्ने उनको भनाइ छ ।

पार्टीको १४औं महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताए । पार्टीको महाधीबेशनमा तपाई सभापतिमा उठ्नु हुन्छ कि नाइँ भन्ने पत्रकारको जिज्ञासामा महामन्त्री कोइरालाले भने, सभापतिमा किन नउठ्नु र, अबश्य उठ्छु नि ।’ उनले सभापतिमा उठ्ने मात्रै भनेनन्, उम्मेदवारीबाट पछाडि नहट्ने दाबी पनि गरे ।