
नेकपा (एकीकृत समाजवादी) ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ ।
नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो ।
तत्कालका लागि बनाइएको स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसाल रहनुभएको छ ।
राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गरिने बताइएको छ ।
नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा निर्वाचन आयोगमा दर्ता भई वैधानिकता पाएको छ ।