१४ बैशाख २०८१, शुक्रबार

धुर्मुस भन्छन्: पेसालाई निरन्तरता दिनुपर्छ भन्ने मेरो उद्देश्य हो !

dhurmus

विगत वर्षदेखी कोरोना भाइरसको कारण अस्तव्यस्त बनेको फिल्म क्षेत्रको अवस्था अहिले हेर्ने हो भने कहालीलाग्दो छ । विश्वभर फैलिएको कोरोना महामारीले सिनेमा क्षेत्रलाई नराम्रोसँग असर पुर्‍याएको छ ।

फिल्म हल बन्द भएसँगै यस क्षेत्रमा काम गर्ने हजारौँ व्यक्तिहरू बेरोजगार बनेका छन्। हरेक दिन चहलपहल हुने कयौँ फिल्म हलहरू बन्द भइसकेका छन्। अहिले सम्म न त छायाङ्कन भयो, न त प्रदर्शन । पोस्ट प्रोडक्सन पनि लथालिङ्गै छ । डिजिटल प्लेटफर्ममा धमाधम विदेशी फिल्म ‘हिट’ भइरहँदा नेपाली सिनेमा उद्योग सुनसान छ ।

कोभिड–१९ को महामारीसँगै दर्शकले नयाँ नेपाली फिल्म हेर्न पाएका छैनन्। अझ भनौँ करौडौं रुपैयाँ कमाउन सकिने डिजिटल प्लेटफर्ममा नेपाली फिल्म पुग्न सकेका छैनन्।

म्युजिक भिडियो र केही टेली चलचित्र भने बनिरहेका छन्। कति फिल्म सुटिङ हुँदा हुँदैमै रोकिए, कति अन्तिम घडीमा रिलिज हुन पाएनन्, कतिचाहिँ सुटिङको सम्पूर्ण तयारी गरेपछि अलपत्र परे । कोरोना भाइरसको महामारीलाई जिन्दगीको एउटा हिस्सा बनाएर दर्शकहरूलाई मनोरञ्जन दिनको लागी धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन रहेको ओटीटी चलचित्र ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक भएको छ ।

सिनेमा, सङ्गीत, टेलिभिजन कार्यक्रमहरू लगायत मनोरञ्जनका अनगिन्ती मौलिक र उत्कृष्ट सामाग्रीहरू प्रसारण गर्ने उद्देश्यले हालसालै सुरु गरिएको प्रिमियम ओटिटि प्लेटफर्म ओहो ! मुभिजमा सो चलचित्र सार्वजनिक हुने भएको हो । ठुलो फिल्म भन्दा पनि दर्शकहरूलाई मनोरञ्जन दिनको लागी निर्माण गरेको हास्यकलाकार सिताराम कटेल (धुर्मुसले) जानकारी दिएका छन् ।

उनले भने प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो । हामी रङ्गशालाको काममा पनि अहिले व्यस्त छौ यही व्यस्तताको समयबाट थोरै समय निकालेर हामीले स्क्रिप्ट लेखेका थिएउ। ‘मेरी बास्सैमा’ र मेरी बास्सैको “म त मर्छु कि क्या” हो भन्ने क्यारेटरलाई सबै दर्शकले मन पराउनु भएको थियो यही क्यारेटरलाई नै फिल्मको नाम राखेर हामीले यो चलचित्र बनाएका हौँ ।

उनले थपे चलचित्रमा हाँसो सन्देश र मनोरञ्जन सबैलाई स्थान दिएर बनाएको चलचित्र २ स् ३० मिनेटको छ । अहिले चलचित्र क्षेत्रहरू ठप्प छ हामीले यसरी थोरै थोरै भएपनि फिल्महरू दिन सकेउ भने पक्कैपनि फिल्म क्षेत्र चलायमान हुन समय लाग्न छैन । उनले दर्शकको माया र आर्शिवाद र आफ्नो कलाकारिता पेसालाई निरन्तरता दिनको लागी पनि फिल्म बनाएको जानकारी दिएका छन् ।

हामीले भ्याएर होइन समय मिलाइर निर्माण गरेका छौँ हामी सम्पूर्ण टिमको मेहनत छ सबैजनालाई धन्यवाद दिन चाहन्छु । उनले भनेका छन् फिल्म ‘म त मर्छु कि क्या हो’ हेर्नका लागि प्रभु पे एप डाउनलोड गरी सोही एपबाट २९९ शुल्क भुक्तानी गरी फिल्म हेर्नुहोला र सकारात्मक प्रतिक्रिया दिन आग्रह गर्दछु ।”

ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बालदिप राई तथा घनश्याम गौतम लगायत कलाकारहरूको अभिनय रहेको छ ।

निर्देशक जोडी धुर्मुस सुन्तलीले ओटीटी ओटीटी प्लेटफर्ममा चलचित्र प्रसारणको घोषणा गर्न पाउँदा उत्साहित र हर्षित भएको बताए । यस प्लेटफर्मबाट दर्शकले विश्वभरी जुनसुकैठाँउबाट हेर्ने सक्ने छन् । सोही ‘म त मर्छु कि क्या हो’ फिल्मको छायाकन चितवनमा नै भएको हो ।