१३ बैशाख २०८१, बिहीबार

भारत र इंग्ल्यान्डबिच जारी टेस्ट सिरीजको तेस्रो खेलमा इंग्ल्यान्डको फराकिलो अग्रता

85649976

भारत र इंग्ल्यान्डबिच जारी ५ खेलको टेस्ट सिरीजको तेस्रो खेलमा इंग्ल्यान्डले फराकिलो अग्रता बनाएको छ। जो रुटको शतकमा भारतविरुद्ध इंग्ल्यान्डले दोस्रो दिन ३४५ रनको अग्रता बनाउन सफल भयो। रुट भारतविरुद्ध टेस्टमा सर्वाधिक धेरै शतक बनाउने क्लबमा सामेल भएका छन्।

उनको १ सय २१ रनको मद्दतमा इंग्ल्यान्डले तेस्रो टेस्टको पहिलो इनिङको दोस्रो दिन ४२३ रन बनाउन सफल भयो। भारतीय टीम भने पहिलो इनिङमा केवल ७८ रनमा समेटिएको थियो। यस्तोमा इंग्ल्यान्डले ३४५ रनको अग्रता बनाएको छ। दोस्रो दिन इंग्ल्यान्डका रोबिन्स शून्य तथा क्रेग ओवरटन २४ रन बनाएर अविजित फर्किएका छन्।

भारतका लागि मोहम्मद सामीले ३ विकेट लिए भने मोहम्मद सिराज तथा रविन्द्र जडेजाले २(२ विकेट लिए। त्यसबाहेक जसप्रित बुमराहले १ विकेट लिएका थिए। भारतविरुद्ध ८ शतक प्रहार गरेका रुटले यसै सिरिजमा ४ अर्धशतक प्रहार गरिसकेका छन्। उनले भारतविरुद्ध लगातार ५ खेलमा ५० प्लसको रन समेत बनाउन सफल भए। उनले यसअघि २०१८ मा केनिंग्टन ओभलमा टेस्टको दोस्रो इनिङमा १२५ रन बनाएका थिए।

त्यसपछि यहि सिरिजमा नाटिंघममा ६४ र १०९ रन बनाएका थिए भने लर्डसमा १८० रन बनाएका थिए। रुटले एकै क्यालेन्डरमा सर्वाधिक रन बनाउने इंग्लिस ब्याट्सम्यानको कीर्तिमान समेत बनाएका छन्। उनले पुर्व क्रिकेटर एलेस्टर कुकको कीर्तिमान भंग गरे। २०१५ मा कुकले एकै क्यालेन्डरमा १३६४ रन बनाएका थिए। रुटले २०२१ मा उनी भन्दा धेरै रन बनाउँदै रेकर्ड आफ्नो नाममा बनाए।