१२ बैशाख २०८१, बुधबार

कैलालीको गोदावरीमा पहिरो जादाँ एउटा पसल बगायो , काठे पुल जोखिममा

kai

कैलालीको गोदावरीमा पहिरो जादाँ पुरानो काठे पुलको छेउमा रहेको एउटा पसल बगाएको छ । गए राती परेको अबिरल वर्षाको कारण गोदावरी नदीमा पानीको बहाव बढेसंगै पहिरो जादाँ काठेपुल छेउमा रहेको स्थानिय गणेश पाण्डेको पसल बगाएको हो ।

पसल बगाउदा करिब ५० हजार बराबरको क्षति भएको जनाएको छ । यसका साथै पहिरोका कारण जमिन भसिदाँ पर्यटकिय क्षेत्र गोदावरीको पुरानो काठे पुल पनि जोखिममा परेको छ । पुलको छेउको पिल्लरबाट पहिरो गएकै कारणले पुल जोखिममा परेको हो ।