१४ बैशाख २०८१, शुक्रबार

अवरुद्ध पहिरोले कालीगण्डकी करिडोर

kalagandaki

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। लगातार दुई दिनदेखि परेको वर्षाका कारण कालीगण्डकी करिडोरको रिडी रुद्धबेनी सडक खण्डको खोपामा पहिरो गएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार सडकमाथिबाट पहिरो खसेको र सडकमा हिलो भएकाले सडक खुलाउन नसकिएको बताए। सडकमा फसेको ध १ च १४६ नम्बरको जिप भने निकालिएको छ।

वामी–रिडीको सडकअन्तर्गत ठाउँठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको छ। पहिरोकै कारण गुल्मीमा ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन्।लगातार पानी परिरहेकाले सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ।