१५ चैत्र २०८०, बिहीबार

एक सय बर्षमा नागरिकता

bai2021 08 27 10 02 02

जिल्ला प्रशासन कार्यालय बैतडीले एक सय बर्ष पुरा गरेका एक वृद्धालाई नागरिकता प्रदान गरेको छ । एक सय बर्ष पुग्दा सम्मपनि नागरिकता नबनाएकी जिल्लाको मेलौली नगरपालिका वडा न ६ हतरंगाकी सन्जादेवी भट्टलाई बिहीबार नागरिकता प्रदान गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

विगतमा सामाजिक सुरक्षा भत्ता पाउनका लागि वडाबाट दिइएको अस्थाई निस्साले काम गर्ने भएपनि अहिले बैंक खाता अनिवार्य गरिएको हुदाँ नागरिकता बनाउनुपरेको सञ्जाका छोरा बिरदत्त भट्टले बताए । आमालाई गाडी बुकिंग गरेर नागरिकता बनाउन जिल्ला प्रशासन पु¥याइएको उनले बताए ।