८ बैशाख २०८१, शनिबार

अमेरिकी ल्याबमा कोराना उत्पत्तीबारे छानविन गर्न डब्लुएचओलाई चीनको पत्र

china america 69

सन् २०१९को अन्त्यमा चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको उत्पत्तीबारे खोजी भइरहेको छ ।

अमेरिकी सरकारले निरन्तर चीनको वुहानस्थित रहेको ल्याबबाट कोरोना भाइरस फैलिएको आरोप लगाउँदै विश्व स्वास्थ्य संगठनको टोलीलाई वुहानको ल्याबमा छानविन गर्न पठाइरहेको छ । तर, उत्पत्तीबारे भन्ने ल्यहाँबाट फैलिएको विषय अझसम्म पुष्टि हुन सकेको छैन् ।

यसैबीच चीनले अमेरिकी फोर्ट डेट्रिक ल्याब र क्यारोलिना विश्वबिद्यालयमा समेत छानविन गर्नु पर्ने भन्दै विश्व स्वास्थ्य संगठनका प्रमुखलाई पत्राचार गरेको छ । अमेरिकाका लागि रहेको चीनको राजदुतले दुई करोड पचास लाख नागरिको हस्ताक्षरसहित अमेरिकी ल्याब र क्यारोलिना विश्वविद्यालयमा छानविन गर्नुपर्ने भन्दै पत्राचार गरेको हो ।

चीनले पहिलो पटक कुटनितिक माध्यमबाट विश्व स्वास्थ्य संगठनलाई पत्राचार गरेको हो । चीनले कोरोना भाइरसको उत्पत्तीबारे आफूलाई दोष लगाइरहेको विषयलाई निरन्तर खण्डन गरिरहेको छ ।

विश्वभर अमेरिकी सैनिक करिब दुई सयभन्दा बढी ल्याबहरु रहेको छ भने उक्त ल्याबको एजेन्डा के हो? भन्ने विषयमा चिनियाँ विश्लेषकहरु आलोचना गरिरहेको छ । डब्लुएचओले निश्पक्ष छानविन गर्छ भन्ने चीनको विश्वास छ ।