१५ चैत्र २०८०, बिहीबार

काबुल विमानस्थलबाहिर आत्मघाती बम विस्फोट, कम्तीमा ११ जनाको निधन

kabul airport 1

अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको भएको छ ।

विमानस्थल परिसरमा बिहीबार आत्मघाती आक्रमण भएको अमेरिकी सेनाले पुष्टि गरेको छ। घटनास्थलमा गोली समेत चलेको बिबिसीले जनाएको छ । विस्फोटमा परी महिला बालबालिकासहित कम्तीमा ११ जनाको निधन भएको बीबीसीले जनाएको छ ।

तालिबानका केही सुरक्षाकर्मीहरू समेत घाइते भएका एक जना तालिबान अधिकारीले बताएका छन् । हताहतीको बारेमा भने कुनै पुष्टि नभएको बीबीसीले जनाएको छ ।

अमेरिका लगायतका देशले काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने बताउँदै आएका थिए ।