८ बैशाख २०८१, शनिबार

‘नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रुपमा लैजान्छौं’

Madhav Nepald1629968864

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको दक्षिणपन्थी धारबाट जोगिएर नयाँ दल दर्ता गरेको बताउनुभएको छ ।

क्वालिटी बैकट बुद्धनगरमा बिहीबार पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।
उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ रुपमा लैजाने समेत बताउनुभयो ।

‘निर्वाचन आयोगबाट प्रमाणपत्र पाइसकेका छौं । यहाँसम्मको यात्रा पनि कति अप्ठ्यारो भयो होला तपाईंहरु अनुमान गर्न सक्नुहुन्छ,’ अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा भन्नुभयो,‘हामीले अनेकैं चुनौतीको सामना, अप्ठ्यारोलाई पन्छाएका छौं । अन्यता सफलताको शिखरमा पुगेका छौं । नेपाली जनताका हितका लागि नयाँ यात्रा प्रारम्भ गरेका छौं ।’ साथै उहाँले नेपालको कम्युनिष्ट आन्दोलन, नेपालको राजनीतिक मात्रै होइन विश्वमै पार्टी एकता, विभाजनबाट गुज्रँदै गइसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो पार्टी राष्ट्रपति समर्पित हुनेछ, जनता समर्पित हुने छ र आफ्नो सिद्धान्तप्रति निष्ठावान भएर लागि पर्नेछ ।’ उहाँले यो पार्टी निजी हितको लागि नलाग्ले बताएको थियो । ‘कुसंस्कारको झुण्ड यहाँ हुँदैन । यहाँ कसैको फोटो प्रदर्शन हुँदैन । यहाँ असल आचरण भएको मानिस हुनेछन्, जनआधारित पार्टी हुनेछ ।’ अध्यक्ष नेपालले आफूहरु पुरानो लिकमा नजाने बताउनुभयो ।