१२ बैशाख २०८१, बुधबार

ओलीको अतिवादविरुद्ध विद्रोहमा उत्रिन नेपालको आह्वान

Madhav Nepald1629968864

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको कारण नेपालमा कम्युनिष्ट आन्दोलन खतरामा परेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र,संविधान र नेपाली कम्युनिस्ट आन्दोलनको उपलब्धी रक्षा गर्न आफूहरुले पार्टीभित्र विद्रोह गर्न बाध्य भएको बताउनुभयो । त्यही विद्रोहको परिणामस्वरुप नयाँ पार्टी गठन गरिएको उहाँले बताउनुभयो ।

अग्रमणका बाधक ओलीले एमालेलाई कब्जा गरिरहेको बताउदै उहाँले पार्टीभित्रको उकुुमुकुस विस्फोट हुँदा पार्टी विभाजित भएको दाबी गर्नुभयो । उहाँले एमालेका अध्यक्ष ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन नेता तथा कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

नयाँ निकास खोज्न सहयात्रामा निस्केका केही सहयोद्धाहरु बीचैमा थाके पनि आफूहरुको अविराम यात्रा जारी रहने उहाँले उद्घोष गर्नुभयो । अध्यक्ष नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताउनुभयो । आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यस्तो धारणा राख्नुभएको हो ।

एकीकृत समाजवादीले आफूहरु अब पूरानो लिकमा नजाने र पूरानो संस्कारलाई अवलम्बन नगर्ने बताउनुभयो । समाजवादको नेपाली मोडल एकीकृत समाजवादीले व्यवहारमा उतार्ने उहाँको भनाइ थियो ।

व्यक्तिपूजा, आत्मरति र प्रशंसामा नअल्झि माक्सर्वाद, लेनिनवाद, समाजवादको सिर्जनात्मक कार्यान्वयन गरिने उहाँले बताउनुभयो । सबै किसिमको अतिवादबाट टाढा रहेर देश र जनतामा समर्पित रहने प्रतिवद्दता पनि अध्यक्ष नेपालले व्यक्त गर्नुभयो ।