११ बैशाख २०८१, मंगलवार

देशभर थप २ हजार ५२ जनामा कोरोना संक्रमण, २६ को निधन

corona 05 09

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७०२ जनाको पीसीआर परीक्षणमा २ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी ४ हजार ६७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमितको निधन भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।