
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्ने बताएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पार्टीले युवा पुस्तालाई अगाडि बढाउने भन्दै आफु जीन्दगीभर पदमा नबस्ने बताएका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘अबको चुनावपछिको ५ वर्ष राजनीतिमा लाग्नेछु । जिन्दगीभरि लौरो टेक्दासम्म पदमा बस्ने चाहाना छैन’
यस्तै एमालेसँग एकताको सम्भावना रहेकोले चरित्र र व्यवहार बदले ओली नेतृत्वको एमालेसँग पनि एकता हुनसक्ने उनको भनाइ थियो ।